Sunday, May 11, 2008

नठानीदेऊ त्यति सस्तो.....

अन्जान शर्मा।।।

तिम्रो मौनताले मलाई केहि भन्दै छ कि जस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

मैले तिमिलाई गेरको थेँ, धेरै धेरै चोखो माया
तर तिम्ले मेरो माया, ठान्यौ हेर कुन्नि कस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

छैन आज धन दौलत, माया मात्रै बाकी याँहा
त्यहि माया मेरालागी, विष हैन अमृत जस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

कागजको फुल भयो, वास्ना सबै हराईसक्यो
बसन्तको मौसम पनि, अब भयो ऊजाड यस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

घरी घरी मर्दै बाच्दै, तिम्रो मात्रै याद बाँकी
त्यही यादले सताऊछ, घरी घरी किन यस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

‘गुहार गुहार’ चिच्याउँछ मेरो आत्मा तिम्रैलागी
फुस्किन्छकि सास अब, किन पस्यो पिडा यस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

अब मृत्यु मुखमै छ, विन्ति कोही ऊनलाई बोलाऊ
ऊनको मौनताले मार्यो, थला पार्यो मलाई यस्तो
मेरो माया सागर हो नठानीदेऊ त्यति सस्तो

No comments: