अन्जान शर्मा।
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल कति मैले दु:ख गरेँ बिदेशीको माटोमा तर ठुला खोल्सा रैछन् आँफु हिड्ने बाटोमा। एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल पसिनाको भेल बग्यो बिदेशीको जरामा आफ्नो एता चिरा पर्यो धान फल्ने गरामा एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल ठुला ठुला महल बनाए बिदेशीका शहरमा आफ्नो घर त भत्किएछ महल बन्ने रहरमा एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल कति साथी अपाङ्ग भए कतिको त ज्यानै गयो सबैले देश छाड्दा आज देश टुहुरो भयो। एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल देश मलाई बोलाउँदछ जान्छु अब आफ्नै देशमा बाँच्छु अब जति बाँच्छु आफ्नै नेपालीको भेषमा एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल |
No comments:
Post a Comment