Sunday, May 11, 2008

मैले नभनेको ऊनका कथाहरु।।।।२॥॥

अन्जान शर्मा।।

ऊनको आँखामा मैले स्पस्ट पढ्न सक्थेँ, ऊनले मलाई प्रेम दर्साएकी छन्। मैले ऊनको प्रस्ताव स्विकार गरेँ, मैले पनि प्रेम गरेँ। लाग्थ्यो हाम्रो प्रेम अटुट र अनन्तसम्मको हो। तर खै किन हो, साप्ताहिक, मासिक,हुँदै हाम्रो भेट, बोली चाली पातलिदै गए। मैले अपसोच पनि मानिन, समय अनि परिस्थिती हाम्रा बाधा थिएकी? क्रम बढ्दै गए। मैले ऊनको आँखामा हेरेँ, संयोगले जुरेको थियो, त्यो भेट। त्यंहा प्रेम छल्कि रहेको थियो, म विस्वस्त थिएँ, मेरैलागी हो। तर अपसोच म त्याहाँ थिइन। म धेरै टाढा थिएँ। साएद स्मरणभन्दा पनि बाहिर। त्याहाँ ऊनको नयाँ संसार थियो। जहाँ ऊनी हालसाल, बिगतको म, “अर्कै” भेटाएकि थिईन्। म र मेरो व्याख्यान गर्दा नथाक्ने ऊनको मुख अब मेरो नाम ऊच्चारणमा पनि शिथिल हुन थाली सकेकोछ, थला परि सकेको छ। मृत अवस्थामा छ। अब मेरो अस्तित्व ऊनको नजरमा ह्रास भैसकेको छ। मैले बुझेको छु, मौसमले, चराले, फुलले, जीव देखि वनस्पतीसम्मले समयअनुसार बदल्नु पर्छ भने ऊनी र म त मान्छे। हामीले पनि बदल्नु पर्यो नी!!!

No comments: