Tuesday, July 22, 2008

पर्खि बसेकि छौ

तिमीले पर्खि बसेकि छौ,
एक टकले म आऊने बाटो हेर्दै

तिमीले शम्झि बसेकि छौ,
निदाऊन नसकि सुत्दा कोल्टे फेर्दै

तिमिले कल्पदै छौ मलाईनै,
आफ्नो दैनिकिको काम गर्दै

तिमिले माग्ने गर्छ्यौ मलाईनै,
देवताको मन्दिर मन्दिर सर्दै

तिमिले गित गाऊने गर्छयौ मेरै,
पहाडका ओरालि झर्दै

तिमिले गुहार्ने गर्छयौ मलाईनै,
सानो बिपद पर्दै

म आउने छु तिमिमाझ एकदिन,
मायाका भाका छर्दै

तिमीले पर्खि बसेकि छौ,
एक टकले म आऊने बाटो हेर्दै

No comments: