| अन्जान शर्मा किन आज वतासले मलाई जिस्काए जस्तो छ कालो कालो बादल पनि रिसाई गर्जे जस्तो छ सँगै हिड्ने, बोल्ने, हाँस्ने माया तर्के जस्तो छ ऊता महल भेटे पछि ऊतै फर्के जस्तो छ पुस माघको घामले पनि पोल्न थाले जस्तो छ धमिराले मायाको घर खोल्न थाले जस्तो छ सँगै बाच्ने मर्ने वाचा ऊनले बिर्से जस्तो छ गरिबको चोखो माया देखी तर्से जस्तो छ महलको कल्पनामा माया लाए जस्तो छ त्यसैले त झुठो कसम ऊनले खाए जस्तो छ मेरो छाति भन्दा ठुलो महल भेटे जस्तो छ त्यसैले त मेरो माया ऊनले मेटे जस्तो छ |
Sunday, April 20, 2008
महल प्रेम........
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment