Saturday, April 19, 2008

मतलब छैन.......


अन्जान शर्मा।।

फुत्त फुत्त ऊफर्दै
फट्याङग्रो जस्तै
बमको विस्फोटसँगै
ऊफ्रदै छन् हाम्रा
विर गोरखालीहरु।

आफ्नो सिमा मिचियोस
मतलब छैन
देश बेचियोस
मतलब छैन।

यिनि त केबल भेँडाजस्तै छन्
एकोहोरा
परचक्रिको रछ्यामा
खटिएका ।

दुलही विधुवा हुन्छे
छोरो टुहुरो हुन्छ
मतलब छैन
पेन्सन पाईन्छ
मरे भने मरिहाले
वाँचे लाहुरे भईन्छ।

फुत्त फुत्त ऊफर्दै
फट्याङग्रो जस्तै
बमको विस्फोटसँगै
ऊफ्रदै छन् हाम्रा
विर गोरखालीहरु

No comments: