अन्जान शर्मा त्यो भाडाको कोठा, हामी चार पाँच जना साथी, रमेश, बिकल, ऊमेश, सन्तोस र म। कलेज को दैनिक यात्रा, टिचरसँगको मुठभेढ, राम्रा बिधार्थी मा नगनिने हामी, सँधै ऊच्श्रीखलताले साथ दिए जस्तो। कलासमा सँधै ढिलो पुग्नु पर्ने हाम्रो बाध्यता, पाले दाईको हामीलाई भित्र पठाऊन पर्ने विवशता, मैले सँधै ऊसको अनुहार निहालेको थिएँ, हामीलाई देख्दा उसको अनुहारमा कालो बादल छाउँथ्यो। गेटबाट पास भए पछि फेरि कलाशमा टिचरको आँखा तराई, म त कहिले काँही यसपाली त पक्का N. Q. लाग्छ भनेर आतिन्थेँ। हामी आफ्नै मन का मालिक, यो सन्सारका मालिक जस्तो भान हुन्थ्यो, सँगै एक भएर हिड्दा। रमेश झापादेखी ईन्जिनिएरीङ् पढ्न, काठमान्डौ आएको, गाँऊको स्कुलमा छँदा कहिल्यै दोश्रो हुन नजानेको ऊ, खुब मिलनसार र मृदुभाषिका रुपमा आफुलाई विकाश गरेको थियो। मलाई अहिले पनि याद छ, पैले पैले ऊसले तपाई र हजुर भनेर कुरा गरेको। अब, ऊसको मुखबाट ति शब्दहरु हाम्रालागी महंगा भएका छन्।बिहान अबेर सम्म सुत्ने र राती अबेर सम्म बस्ने ऊसको बानी हाम्रो पनि बानी भैसकेको थियो। राती पढ्न बस्यो, calculation oriented subjects मा मात्र मन गर्ने ऊसको बानी अरु बिषय घोकेरै पास गर्नु पर्ने हुन्थ्यो। चुरोटको धुँवासँग सुरु हुने ऊसको दैनिकि, हाम्रो पनि दैनिकी बनेको थियो। गोरो अनुहार, हसिलो अनुहार ऊ हामी सबैको पृय थियो। टाढाको घर, समयमा खर्च नआऊदा आत्तिने ऊ, बडा स्वाभिमानी थियो। मलाई थाहा छ, कति चोटी ऊसले टाउको दुख्यो भनेर सुतेको। अझ कहिले काहि त गाँऊका भाईहरु आऊँदा, अर्को समस्या।हामीले कहिले काहिँ नौ टंकी पनि भनेका थियौं। बिकल काठमाडौमै घर भएको केटा, दु:खको परिभाषा के हो, त्यसलाई थाहा छैन होला, आमा बाऊ नै डक्टर, त्यसमाथि एक्लो छोरा, कसरी थाहा पावस। ऊसको कथा अर्कै छ, बाबु आमाको बीजी लाईफ, घरमा हेर्ने कोहि छैन। बच्चै देखि होस्टलको बसाई, चाहे जत्ति पैसा हातमा। ऊ पनि ऊमेर सँगै गाँजा र चुरोटको बानीमा आदि भैसको थियो। तर मनको सार्है राम्रो र मिलनशार ब्यकतित्वको धनि ऊ पनि हामि माझ सबैको पृय थियो। हामि भन्दा ऊसका अरु पनि धेरै साथी थिए, हन्टिङ पार्टनर। कहिले स्विट्जरल्याण्ड त कहिले कता, मेक हान्ने कुरा हुन्थ्यो। म पनि कैयौँ चोटी हन्टिङ गर्न पुगेको छु। खै कुन ठाऊमा हो, सायद पेरिश पो थियो कि? लामो कपाल पाल्ने ऊसको शौख, हामीलाई पनि कपाल पाल्न प्रेरित गर्थ्यो। कलेजमा कति चोटि केटाहरुले कपाल पाल्ने कुरा मा प्रतिबन्ध लगाऊने कुरा पनि ऊठेको थियो। त्यसै क्रममा टिचरले एक दिन सोध्नुभाथ्यो “किन कपाल पालेको?” ऊसले त्यसको जवाफ हाँसेर दिएको थियो, “सर काँहा पाल्नु नि, पाल्नलाई त खुवाऊनु पर्छ, यो त नकाटेको”। ऊमेश दाङदेखी काठमाण्डौमा सबैको जस्तै ईन्जिनीएर हुने सपना बोकेर आएको ऊ, उमेरले हामीभन्दा जेठो थियो। हामी सबै ऊमेश दाई भनेर सम्बोधन गर्थ्यौँ। I.E पोखरा बाट सकेर तीन वर्ष कामको अनुभवका साथ B.E. पढ्ने ऊसको चाहना थियो। ऊ पनि हामी जस्तै चुरोटको आदतमा थियो। हामी भन्दा परिपक्क देखिने ऊ, हामीलाई कैले कतै बरालिँदा सम्हाल्ने पनि गर्थ्यो। सन्तोष चितवन देखी काठमाडौं आफ्नो भबिश्यको बाटो बनाऊने भन्दै, बुढा ईन्जिनिएर बाऊको सपना पुरा गर्ने ऊसको पनि सपना बनेको छ। मिहेनत र मिलनसारिता ऊसको परिचयनै भन्दा हुन्छ। सबै साथीसँग मिलेर काम गर्ने र मिठो बोल्ने बानीले बाटामा भेटेका जति सबै ऊसले र ऊसलाई न चिन्ने कोही थिएन सायद। रक्सिको चुस्किबाट साँझको सुरुवात गर्ने ऊसको बानीको सिकार म र रमेश धेरै भएका हुन्थयौं। म सन्तोषसँग झगडापनि गर्थें अनि धेरै मिल्थें पनि। हाम्रा धेरै शु:ख दु:खका भलाकुशारीहरु हुन्थे। लगनशिलताले ऊसलाई सधैं सफलताको शिखरमा पुर्याऊन्थ्यो। म, मेरो कुरा गर्दा म कथाबाटै आफ्नो परिचय दिदैं जानेछु। क्रमश: |
Saturday, April 26, 2008
पाण्डव.....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment