अन्जान शर्मा।।
भन्ने छु, मेरा परेलीहरु भिजाएर
बिन्ति गर्ने छु, घुँडा टेकेर
प्रार्थना गर्ने छु, दुई हात जोडेर
सँधै म तिमिलाई माया गर्ने छु।
आकाशगँगाभन्दा बाहिर
अन्तर मनभन्दा भित्र
आफुलाई सम्हालेर, तिम्रो सामु
सँधै म तिमिलाई माया गर्ने छु।
तिम्रालागी
अग्नि मा जल्ने छु
पहरामा फुल्ने छु
छहरामा बग्ने छु
सँधै म तिमिलाई माया गर्ने छु।
Saturday, April 19, 2008
म तिमिलाई माया गर्ने छु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment