Saturday, April 19, 2008

मिठो सपना.........


अन्जान शर्मा।।

मद्होस त्यो रातलाई
च्यात्दै चिर निन्द्रालाई
हावाको कमण्ठलहरी
नजरको द्वार बन्द गरी
महसुस गर्दै
सुस्तरी सुस्तरी
फेरि आत्मालाई
मुक्त गर्दै
स्वर्गको अनुभुति गर्दै
नजरको द्वार खोलि
आकाशका ति नौलाखे तारा
अवलोकन गर्दै
प्रस्न र उत्तर गर्दै
सपनाको गहिराईमा
चुर्लुम्म डुब्दै
बन्द नगरि नजरलाई
एक स्वप्न परी
साथै भए सरी
बे वास्ता गर्दै
भौतिक तत्वलाई
म त्यस रात
खालि कल्पना मात्रै
म जुन जहिले जहाँपनि
बिना हिच्किचाहट
गर्न सक्छु
मिठो सपना म देख्न सक्छु।

No comments: