Thursday, October 15, 2009

गजल।।२।।

न मिठो भो आज तिमीले दिएको
विष रैछ सायद अम्रीत झैं पिएको

सम्हाल्न कठिन भो आज मेरो मनलाई
भुल्न सकिन त्यो तस्विर लिएको

छटपटाई धेरै भो म मुर्छा परेझैं
सकियो यो मेरो तन छ चिन्ताले खिएको

फाट्यो मेरो मन झन धेरै चिरामा
फाटेरै सकिन्छ कि छैन सिएको

आशा अझै छदैंछ फर्किन्छौकी भन्ने
त्यहि आशामा छु म आजकल जिएको
विष रैछ सायद अम्रीत झैं पिएको

Saturday, October 10, 2009

गजल।।।

माया गरि छोडेपछि तिमीलाई भुल्ने कसो गरि
एक नदिका दुई किनारा संगै डुल्ने कसो गरि

चोखो माया हाम्रो लाग्थ्यो मनमा धेरै ऊमंगथ्यो
बादलले ढाकेपछि आकाश खुल्ने कसो गरि

मेरो मनमा माया ऊनकै कुरा भरयो कसले अर्कै
चिरा पर्यो धान खेतमा धान झुल्ने कसो गरि

बिछोडको पिडा कस्तो ऊनलाई पनि यस्तै होकि
पानी नपाई ओईलाएछ फुल फुल्ने कसो गरि

Tuesday, February 10, 2009

मैले न भनेका ऊनका कथाहरु ४

ऊनले सायद मलाई कहिलेपनि मलाई बुझ्न सकिनन् र सक्दिनन् मलाई लाग्थ्यो। धेरै ऊदाहरणहरु मसंग थिए। मैले आफ्नो प्रेम दर्शाउनपनि सकेको थिईन, मन भित्र अनेक कुन्ठापालेर बसे जस्तो। कुरा स्कुल जीवनको हो। म कलासको बायां कुना बस्थें, ऊनी दायां कुनामा। मैले संधै लुकेर नियालेर हेर्न खोज्थें तर डर लाग्थ्यो कसैले मलाई कतै बाट हेरि राखेकोपो छ कि? अनि डराऊथें, साहस बटुल्न खोज्थें, मनको चाहना सिर्फ बोल्नपाए हुन्थ्यो मात्र थियो। कहिले काहिं मैले कुनै कार्यक्रममा बोल्दा आँखा उनलाईनै खोजीरहन्थे। उनको अनुपस्थितीले मनलाई दु:खीत तुल्याउथ्यो। ऊनी आफ्नो बाटोमा हिड्थीन, म आफ्नो बाटोमा, तर पनि मेरा पाईला उनलाई पच्छ्याईरहेका हुन्थे। कसैलाई केहि भनेको पनि हुन्थीन, खाली आफ्नै धुनमा। न मैले रोएँ, न मैले कराएँ, मैले त सिर्फ उनलाई मनपराएँ। कहिले काहिं बाटोमा जम्काभेट हुन्थ्यो, म डरले रातो हुन्थें, उनी आफ्नो चश्मा मिलाएर जान्थीन् पर कतै कोहि मेरो कुराले हांसिरहेको छ की जस्तो लाग्थ्यो। म आफैलाई धिक्कार्थें, मेरी कल्पनाकी ऊनी।।

भित्र भित्र कति कल्पना बुनेर, आफैंलाई मख्ख पार्ने म, संधै जस्तो एक्लै हराऊथें कता कता कल्पनाको शंसारमा। मलाई याद छ त्यो दिन, बक्त्रित्वकलाको कार्यक्रम थियो। भाग्यले भनौं कि के हो ऊनी मरे प्रतिव्दन्दी थिइन् ऊनले बोल्दै थिइन, गाऊ भन्दा शहरिया जीबन बेस। ऊनले भनेको कुरालाई काटी, मैले गाऊले जीवन बेस भन्न पर्ने थियो। मैले ऊनका कुरालाई गलत हुन भनिन, ऊनले शहरिया जीवन शैली र नया जमाना का बारेमा कुरा गरिन, मैले गाऊले जीवनको सादापन र प्रकृती, मिहेनत र पसिना कुरा गरें। मैले कहिपनि साथीले एस्तो भन्नु भो तर भन्न सकिन मात्र गाऊंको बारेमा राम्रा कुरा प्रस्टयाए। मलाई डर लागेको थियो, कापेको थिएँ। मेरो स्वर पातलिए जस्तो थियो, मैले हारें,उनले जीतिन।
एक चोटी म ज्वरोले थला परेको थिएं, म बिस्तारामा लडेको भएपनि, ऊनले मलाई भेट्न आए हुन्थ्यो जस्तो लागथ्यो। अनि एक दिन ऊनि सपनामा भेट्न आएको देखेको थिंए, त्यो दिन म धेरैनै खुशी थिएं।
त्यसरीनै दिन बित्दै जान्थे मेरा चाहना मनमै हुन्थे। हामीले S.L.C पनि सक्यौं अनि आफ्ना आफ्ना बाटातिर, म मा अरु धेरै परिबर्तनहरू आए, मैले बि.ई. सकेर र काम सुरु गरें कहिले कता कहिले कता, यसरी नै जादै थियो जीन्दगी। एक चोटी सुर्खेतमा मेरो काम परेर नेपालगंज गएको थिए, जन युद्द चल्दै थियो, बन्द हडताल भै नै रहन्थ्यो, म पनि नेपालगंजमा रोकिनु पर्यो। नेपालगंज बजार घुम्नु पर्यो भनेर होटलको साहुजीसंग बाइक मागें तर साहुजी भने तपाई रिक्सा चढ्नुस आनन्दले घुमाऊछ सितलो पनि हुन्छ।
मलाई राम्रो लाग्यो, ऊनैले चिनेको रिक्सा खोजीदिए, म घुम्न निस्कें। रिक्सा आफ्नै गतिमा थियो, म आफ्नै धुनमा मस्त थिएं। मेरो दायाबाट एऊटा रिक्सा उछिनेर गयो, एऊटी केटी म तिर हेर्दै थिईन्। मलाई देखेर ऊनि हासिन अनि रिक्सा रोकिन। अनि हेल्लो भनिन्। मैले पनि रिक्सा रोक्न भनें, रिक्सा रोकियो। म तल ओर्ले र उनि भएतिर गएं, उनले “ Hey man, how are you, do you recognize me?” म अचम्ममा परें। मैले बल्ल बल्ल चिने, छोटो थाई कट कपाल भएकी, चश्मा लगाऊने ऊनि, लामो सिल्कि कपाल अनि चश्मा को frame चेन्ज भएछ।
म पहिले त हांसे अनि बिस्तारै सोधें, कसरी चिन्यौ नि? उनले भनिन् ‘तिमीलाई पनि म बिर्सिन्छु र?’
उनि अहिले डाक्टर भएकि रैछन, नेपालगञ्ज हस्पिटलमा काम गर्दि रैछन।
ऊनले मेरा बारेमा पनि सोधीन्, मैले पनि भने।
मैले सोधें, तिमिलाई म कसरी याद भएं?
ऊनले भनिन, ‘मेरो मेमोरी त दामी छ नि, तिमिले मलाई स्कुलमा लुकि छिपि हेरेको बिर्सेकि छैन नि। अहिले पनि कोहि त्यस्तो छ कि छैन नि, तिमीले हेरिरहने हा हा हा?’
“तिमिलाई कसरी थाहा भो नि?’ मैले सोधें
“मेरो साईडमा बस्ने केटीले तिमिले गरेको activities वाच गर्दि रैछे, मलाई पुरै भन्थि, मलाई पनि तिमीलाई Disturb गर्न मन लागेन हाहाहाहा” ऊनले मज्जाले हास्दै भनिन।
रिक्सावाला हरु हाम्रो कुरा वास्ता नगरी ऊनिहरुकै कुरामा मस्त थिए।
“मैले, तिम्रो बि. ई. गर्दाको साथी मेरो पनि साथी थियो, ऊसले कुरा गर्दा मैले याद गरें अनि तिमी हो कि भनेर फोटो हेरेकि थिए, मैले चिने, तर मैले ऊसलाई होईन रैछ भने” ऊनले हास्दै भनिन्
म छक्क परें, अनि रमाईलो पनि माने।
ऊनले ल है त मेरो मोबाईल न लीऊ भनेर आफ्नो न दिईन, र भनिन् “ If you became unhealthy, and you need some cure, then I will be there”

मलाई स्कुलमा हुंदा बिरामी भएको याद आयो।
ऊनि बिदा भईन् म पनि घुम्न थालें।

त्यो पलको पनि आज १ बर्ष बितिसकेछ, मेरो हातमा ऊनको बिहेको कार्ड छ, ऊनले मलाई भाउजुलाई नलि न आउनु भनेकी थिईन, मेरी जीवन संगीनीपनि हास्दै तयार भइसकेकी छन्, सादा भेषमा मृदुमुस्कानले साथ दिदैं जाऊं जाने हैन भन्दै।

Monday, February 9, 2009

धरती नेपाल।।।

हे, जन्मेको धरती नेपाल
माया लाग्छ तिम्रो अपार

हिमाल अग्लो संसारको शिर,
खोला नाला र अग्ला भिर
तराईका हरिया फाँट,
पहाडका तरेली
तिमिलाई देख्दा झिम्किन्नन् परेली
हे, जन्मेको धरती नेपाल
माया लाग्छ तिम्रो अपार

ताल तलैया, छहरा छाँगा
निश्चल बग्ने हजार गँगा
फुलबारी यो अनेकौं रङ्गको
शँश्कृती पनि भेटिन्छ हजारौँ ढङ्गको
हे, जन्मेको धरती नेपाल
माया लाग्छ तिम्रो अपार


जीब र जन्तु, जडि र बुटि
अनन्त श्रोत अमृत घुटि
हिमाल देखि तराईसम्म,
यिनै हुन नेपालका फल लटरम्म
हे, जन्मेको धरती नेपाल
माया लाग्छ तिम्रो अपार

करोडौं मन्दिर, लाखौं मठ
कहिले दशैं कहिले छठ

पुर्खाका चिनो, अमुल्य गहना
संसारकै हो यि हेर्ने चाहना
अनेकतामा एकता , नेपालीको बिरता
हामी तिम्रै शन्तान
हे, जन्मेको धरती नेपाल
माया लाग्छ तिम्रो अपार

यो माया को संसार

मैलें छल गरेर कसैलाई
कति दिन पो सक्थेंर
एक दिन त माया गर्नु नै थियो
मैले लोभ गरी आफ्नोपनको
कति दिन पो सक्थेंर
एक दिन त माया मार्नु नै थियो

कतैबाट वतासझैं सुस्तरी सुस्तरी
मरै पासमा बहे थ्यौ
नचाहदा पनि तिमि
मेरो मनमा गडेथ्यौ
साथ साथ संगै मसंग तिमी हिडेथ्यौ
मेरो सारा दु:ख हटाऊन भिडेथ्यौ

छोडि जान्न भन्थ्यौ तिमिले
कति दिन पो सक्थ्यौर
एक दिन त छोडी जानुनै थियो
लिन्न पिडा भन्थ्यौ तिमी
कति दिन पो सक्थ्यौर
निस्ठुरी समय आऊनु नै थियो

माया गरेर तिमीले अनन्त मनले
अंगालोमा बांधि पबित्र तनले
न्यानो मायाको काखमा राखी
प्रेम सागरमा डुबाएका थियौ

कसरी पस्यो हामी बिचमा फाटो
थुन्न खोजेंथें सबै बाटो घाटो
अन्तिम सम्म पनि मेरै पिर थियो
तिम्रा सामु लडाऊने भिर थियो
समाऊन त खोजेंथें सकीन मैले
अर्को जुनि मिल्ने हो कहिले

पर्खि बस्नु है म आउछु त्यहिं
दोबाटोमै कुरि बस्नु
मेरो बाटो हेरि रहनु,
अन्त कतै तिमि न फस्नु
मैलें छल गरेर कसैलाई
कति दिन पो सक्थेंर
एक दिन त माया गर्नु नै थियो

मैले लोभ गरी आफ्नोपनको
कति दिन पो सक्थेंर
एक दिन त माया मार्नु नै थियो

Wednesday, December 24, 2008

तिमी नै तिमी छौ।।।।।

मैले कहिले नै भुल्न खोजेंर, मात्र चाहें तिमिलाई।
कहिले लेंखें तिमिलाई, कहिले गाएं तिमीलाई।

सम्झनाका पानाहरूमा तिमिनै तिमि छौ।
चाहानाका लहरहरूमा तिमिनै तिमि छौ।
मानसपटलमा तस्बिर तिम्रो,
सपनीमा हर रात तिमीनै तिमि छौ।

मैले कहिले नै भुल्न खोजेंर, मात्र चाहें तिमिलाई।
कहिले लेंखें तिमिलाई, कहिले गाएं तिमीलाई।

मेरा हर हांसोहरुमा तिमीनै तिमी छौ।
मेरा हर चासोहरुमा तिमीनै तिमी छौ।
भवनाहरुमा बग्छौ तिमी,
हर सोचहरूमा तिमीनै तिमी छौ।

मैले कहिले नै भुल्न खोजेंर, मात्र चाहें तिमिलाई।
कहिले लेंखें तिमिलाई, कहिले गाएं तिमीलाई।

Tuesday, July 22, 2008

नेपालका नेपालीहरु

अट्टहासको हांसो अस्पस्ट थियो
गर्जदाको बादल आकाशमा
नरमाईलौ अमिलो लाग्दो थियो
सिरेटो चलेको चिसो जाडोमा
दम्भ थियो जस्तो लाग्थ्यो,
क्रुररताको पराकाष्ठा थिएन
एक निर्दयी सिकारिले
छोडेको गोली लागेर
फत्र फत्र गर्दै छटपटाइरहेको
त्यो निरिह चरा जस्तो
पिडाको सिमा थिएन
कसैले मुखमा अट्ठ्याएजस्तो
हात गोडा बांधेर,
चुप्पिले घांटी रेट्दै छकी जस्तो
मान्छे भएर पनि कति कठोर
धिक्कार्दे गर्दा मेरो मनले
तनावमा अत्तालिएको मन
फुस्केलाकि सास भन्दै
छट्पटाईरहेको रहन्छन् आजभोलि
नेपालका नेपालीहरु